Jump to content

Page:Shakuntala.pdf/32

From Nepali Proofreaders
Revision as of 00:56, 17 February 2025 by Rbn (talk | contribs)
This page has not been proofread

सुन सफा दुनिर्याौतिर आउँदी ।
अब त्यहाँ मुनियाँ वनकी कथा ॥
कति फुरुक्क फरक्क उ फर्किई ।
मधुर शब्द सुनाउन निर्सिई ॥
(४५)

किनकि ती कनकाभ सुकालमा ।
मधुरपड्ख चलीकन गाउँथिन्‌ ॥
सद्‌ृश गाउँछ स्वर्णचरो दिन ।
जलघि चुम्बनलाइ उडी पर ॥
(४६)

अविदिता सुषमा सुरदेशकी ।
श्रवषणमा मनको मृदु मर्मरी ॥
तुहिन हेम हुँदा गिरि कानन-
तिर सुदूर झरेसरि निर्भर ॥
मधुर पड्ख प्रचारण गर्दछिन्‌ ।
जब धरातिर ती तल भर्दछिन्‌ ॥
(४७)

नव अलौकिक वाद्यहरू भरी ।
नसुनिने मृदुल स्वर-मञ्जरी ॥
कवि ननेर सुनेसरि बागमा ।
मृदुलको कुसुमाकर आउँदा ॥
(४८)

म त अहो अग बढ्न कठोर भो ।
मृदुलका सन शब्द मिलन्‌ कहाँ ॥
वदन दृश्य भई अब लेखनी |
लटमुखासरि हेर्दछ मोहनी ॥
(४९)