Jump to content

Page:Shakuntala.pdf/31

From Nepali Proofreaders
Revision as of 00:54, 17 February 2025 by Rbn (talk | contribs)
This page has not been proofread

सुखद दृश्य मनोहर देखियो ।
घर, पुरी, वन, शैल, नदीभरी ॥
सकल सूक्ष्म सुरूप लिने गरी ।
अलि अलौकिक नव्य छ माधुरी ॥
(३९)

गिरि ब्ने.गज झैं वन रोम झै।
बाजुर हैम शिवालयमन्दिर ॥
सकल छन्‌ पुतली शिशुको सरि ।
सलिलका पथ छन्‌ मृदुरेखित ॥
(४०)

शहर छन्‌ सब अल्प मनोहर ।
मधुपका घर झैं बहुखण्डका ॥
सडकका पनि सूत्र विचित्रका ।
अवनिका पटमा तनु तानिने ॥
(४१)

वन छ मिर्मिर दूर भईकन ।
सब छ अल्प मोहनी ॥
अनि कतै कुइरो क्ष र्म छ।
सब नताउन सक्तिन लेखनी ॥
(४२)

अवनिका सुखको 'मृदु मोहनी ।
सकल सुन्दरको लव गोल भैं॥
रजतरात्रि प्रभा सुघनीकृता ।
कुसुममाथि हिमाम्बु बनी झन्यो ॥
(४३)

कुसुमलोल समीरणले गरी ।
मधुर प्रेरण सत्त्वर फर्किई ॥
विटपमा परिवेष्टित वल्लरी ।
वदन हेर्न मनोहर कर्किई ॥
(४४)