This page has not been proofread
कुसुमा$धरका मदिरा बटुली ।
मधुमस्त बनी तरुमूलतिर ॥
जलका खुँघुराहरुबाट कथा ।
कति रचेर सुनाउँदथेँ ॥
(११)
उ गरेर गुलान बनी ।
का र भाउ झिकेर अनि ॥
वनकी महिमासरि कान दिने ।
म बुनी दिलमा सपना कहने ॥
(१२)
म बताउँदथैँ कसरी दिलमा ।
साँझ पसी सब सभ्य बने ॥
चिडिया पनि गान बने ।
कसरी कविता जलबाट बुने ॥
(१३)
अनि ल्याउँदथैं जलरत्न पनि ।
- " उसका शिरलाइ जुहार दिन ॥-
अनि निर्झरिणी सुनिँदा ।
उत नृत्य00 त गाउँदथैँ ॥
(१४)
उनको मृदु अङ्ग प्रसङ्गसँग ।
कुसुमान्वित भै मलया$निलमा ॥
सब प्राकृत प्रेरणले रसिला ।
प्रबलीकृत भाव हिलाउँदथें ॥
(१५)
अनि अस्फुट पल्लव भावहरू ।
मृदु आउँदधे उनका मनमा ॥
सुन छाउँदथे उनका शिरमा ।
सुन तार बजाउँदथेँ करमा ॥
जल झल्झल प्रेम लिई गहमा ।
रहँदा वनमा उनका सँगमा ॥
(१६)