Jump to content

Page:Bhikari.pdf/22

From Nepali Proofreaders
Revision as of 18:00, 24 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<big>'''यात्री'''</big> <poem> कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो? कुन सामग्री पूजा गर्ने, साथ कसोरी लाने हो? मानिसहरूका काँध चढी, कुन देवपुरीमा जाने हो? हाडहरूका सुन्दर खम्बा, मांसप...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

यात्री

कुन मन्दिरमा जान्छौ यात्री,
कुन मन्दिरमा जाने हो?
कुन सामग्री पूजा गर्ने,
साथ कसोरी लाने हो?
मानिसहरूका काँध चढी,
कुन देवपुरीमा जाने हो?
हाडहरूका सुन्दर खम्बा,
मांसपिण्डका दिवार ।
मस्तिष्कको यो सुनको छानो,
इन्द्रियहरूका द्वार ।
नशा-नदीका तरल तरङ्ग,
मन्दिर आफू अपार ।
कुन मन्दिरमा जान्छौ यात्री,
कुन मन्दिरको द्वार?
मनको सुन्दर सिंहासनमा
जगदीश्वरको राज ।