Jump to content

Page:Shakuntala.pdf/34

From Nepali Proofreaders
Revision as of 00:27, 17 February 2025 by Rbn (talk | contribs)
This page has not been proofread

पिहित छन्‌ स्तन चूत बढालु झैं । सुरपुरीलतिका उर बाँध्दछन्‌ ॥ फल लुकाउन फूल जडीकन । 'शरम राख्न सुगन्ध समाउँछन्‌ ॥ (५६) उर अधोगत देख्न वनस्थली । पुलकसाथ बनी कुसुमा$5वलि ॥ पिक मदालस बोल्छ “कुह्‌ पत ॥" मधुर प्रश्न गरेर ;: ॥| (५७) सुरपुरी सब हेर्दछ, रङ्गको । मृदु घडाहरु दृश्य-भरी छरी ॥ लहर बन्छ समीरण सुस्तरी । श्रवणमा मुनिको मृदु मर्मेरी ॥ (५५) तर उनी ल्नुती दृढमौन छन्‌ । जड न न्‌, ॥ तटशिला पनि सुन्दरले छुँदा । सलिल-रङ्ग तरङ्ग सुनाउँछन्‌ ॥ ५९) अब झरिन्‌ घरणीतिर अप्सरा । मधुरपड्ख निर्मीलित झै चरा ॥ विटपका करमा करले अडी । मृदुलतासरि छन्‌ तरुमा जडी ॥ (६०) सतिलदर्पणमा मुख हेर्दछिन्‌ । अनम त्यो मुखमाधुरी ॥ कुन बयान ? बने कति अप्सरा । जल तथा थल औ उरमा परी ॥ (६१)