This page has not been proofread
सुन सफा दुनिर्याौतिर आउँदी । अब त्यहाँ मुनियाँ वनकी कथा ॥ कति फुरुक्क फरक्क उ फर्किई । मधुर शब्द सुनाउन निर्सिई ॥ (४५) किनकि ती कनकाभ सुकालमा । मधुरपड्ख चलीकन गाउँथिन् ॥ सद्ृश गाउँछ स्वर्णचरो दिन । जलघि चुम्बनलाइ उडी पर ॥ (४६) अविदिता सुषमा सुरदेशकी । श्रवषणमा मनको मृदु मर्मरी ॥ तुहिन हेम हुँदा गिरि कानन- तिर सुदूर झरेसरि निर्भर ॥ मधुर पड्ख प्रचारण गर्दछिन् । जब धरातिर ती तल भर्दछिन् ॥ (४७) नव अलौकिक वाद्यहरू भरी । नसुनिने मृदुल स्वर-मञ्जरी ॥ कवि ननेर सुनेसरि बागमा । मृदुलको कुसुमाकर आउँदा ॥ (श्द) म त अहो अग बढ्न कठोर भो । मृदुलका सन शब्द मिलन् कहाँ ॥ वदन दृश्य भई अब लेखनी | लटमुखासरि हेर्दछ मोहनी ॥ (४९)