Jump to content

Page:Shakuntala.pdf/30

From Nepali Proofreaders
Revision as of 00:25, 17 February 2025 by Rbn (talk | contribs)
This page has not been proofread

मदनशासनकाल धरातिर । मृदुलपड्ख रंगीन सुरेख भै॥ कुसुमरम्य उडीकन आउँछन्‌ । पवनमा हलुका गतिले झरी ॥ (३४) नजर सूक्ष्म नभै नरको तर । गगन देख्न कठोर छ सुन्दर ॥ सदृश छन्‌ लघु-पड्ख-प्रचालिनी । सुरपुरी वनकी, कुसुमाङ्गिनी ॥ (३५) मधुर छन्द थियो कविता परी । प्रकृतपड्ख लिएर बहेसरि ॥ सुनहलापन बीच रमाउँदो । हृदय सिर्जनको नव बागमा ॥ नजरले सुखका क्षण शान्तमा । अलसपड्ख गरी पृथिवी सब ॥ हृदयरम्य विहार बनाउँदा । जलदरङ्ग लिँदो मृदु भागमा ॥ (३६) सुनहला चिडियासरि साँझकी । अब बराबर हाँकिन वेगले ॥ अनि बराबर लाउन चक्कर ! उरअगाडि दिईकन बैंसका ॥ लहरले, रस चारु घकेलिने- जलद फुल्छ जहाँ तहमा तह । गगनमा सुषमा अब ओर्लिइन्‌॥ हृदयकी हृदयकी सुषमा सुस्दैशाकी सुरदेशकी की । चरिदशामन्दिरद्वार खुलाउँदी ॥ वचनवर्णन धूसर पार्दछिन्‌ । अवनिमा गह दी मनमोहिनी ॥ (२८)