Jump to content

Page:Shakuntala.pdf/28

From Nepali Proofreaders
Revision as of 00:23, 17 February 2025 by Rbn (talk | contribs)
This page has not been proofread

वनकी महिमा उ सजीव तिनी । किन चाहनु मर्त्यसुता सँगिनी ॥ सब नृत्य गरीकन भाव भरी । नजरैअघि हेर यही मधुरी ॥ (२२) तपको मद भङ्ग हुने त्रतुमा । यस सुन्दर काननमा : नृपति ॥ गह बन्द गरी अवहेलनले । रहँदा तर इन्द्रसमेत गले ॥ (२४) (दुतविलम्बित) कनककान्ति छ बादल खुट्किला । सुरपुरीतिरको नभ सान्ध्यमा ॥ प॒यर चट्ट उचाल्न तयार ती। उपर हेरन ! चित्रित मेनका ॥ (२५) समय सुन्दर सान्ध्य सुवर्णको । मदनमन्दिरमा वन पर्णको ॥ जलनिनाद लिँदी ललितांशुका । तल झरिन्‌ पृथिवीतिर मेनका ॥ (२६) मधुर शिल्पकला जिउँदो बनी । युवति चित्र उडान तयार छ॥ कुसुमबीच वसन्तविहारको । नृपतिका दरबारसमीपमा ॥ प्रकृत पड्ख लिएर सुहाउँदो । सदृश छन्‌ नभमा अब अप्सरा ॥ सुन गुलाब त्यहाँ सब फुल्दछन्‌ । मधुर पड्ख फिँजी मृदु बोल्दछन्‌ ॥ (२७)