Jump to content

Page:Shakuntala.pdf/24

From Nepali Proofreaders
Revision as of 00:21, 17 February 2025 by Rbn (talk | contribs)
This page has not been proofread

तृतीय सर्ग मेनका;;$गमन (तोटक) सुन बादल भौ सुन सूर्य भए । सुरद्वार खुल्यो सुनेको नभमा ॥ सुनको भव भो सुनको जलले । सुन तार बजाउँछ कल्कलले ॥ ५) सुनको छ सिँढी सुरमार्गसरी । अलि लालगुलाब छरी हँसिलो ॥ झलमल्ल दुमुनन्वल ज्ज्वल कान्तितिर । दिन सुवर्णपुरीशिखर ॥ (र) अब दिव्य हिरण्मयको प्रहर । दिन पुग्दछ स्वर्ग उडी सहजै ॥ सुन-पड्ख लिई सुनको चिडिया । मन देख्दछ क्या ! सुनको शहर ॥, (३) सपना दिउँसै सब चक्षुअघि । सुनबाट सुगन्धसमान खुल्यो ॥ अब शीतल शान्त समीरणले । मन नग्दछ सुन्दर-मन्दिरमा ॥ (४)