This page has not been proofread
तपस्या ज्यादै नै पनि अनि खराबै छ कि कसो ?
महामायाद्वारा विचलित बनाईकन यसो॥
बडा बज्री जस्ता पनि कपट ली कातर भए ।
बडा दौता जल्छन् अलिकति त हाम्रा उदयले ॥
(४७)
बज्जीले यो प्रबल तपको तापहरण ।
, तपस्वीमै भर्ने सुरविषयको दुर्बलपन ॥
ननाघी स्वगैंको झिलिमिलि जगत्को जितिलिने ।
परी राम्रा दिन्छन् सुरपति सुनौला स्तन हुने ॥
(४८)
मकन यदि दिए ता प्पूँदथेँ चारु प्याला ।
दिन दिन रस लिन्थे क्या मुसारेर गाला ॥
तर हरि ! कविता यो कालिमाले छ काली ।
यससँग दिन बित्छन् खानुपर्ने छ गाली ॥
(४९)