Jump to content

Page:Bhikari.pdf/13

From Nepali Proofreaders
Revision as of 17:44, 24 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<poem> २. जलको छलछल रविको ढलपल, झिलमिल बादल, चलमल पात घाँस खिरीला, लाल भरीला उनका छरिता कलिला हात। काटिरहिछिन् सरिताबाला भावहरूको तरूण निनाद। मन्द सुवासित शस्यहरूले भर्छन् भित्री मनको...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

२.
जलको छलछल रविको ढलपल,
झिलमिल बादल, चलमल पात
घाँस खिरीला, लाल भरीला
उनका छरिता कलिला हात।
काटिरहिछिन् सरिताबाला
भावहरूको तरूण निनाद।
मन्द सुवासित शस्यहरूले
भर्छन् भित्री मनको सार
दूर कतातिर पाठाहरूको
बज्छ गलाको कलिलो तार।
कोमल कम्पन उठ्छ मनोहर
फुलहरूको अधर खुली
मिल्दछ जलमा, मिल्दछ मनमा,
जल्दछ बादलभित्र मिली।
मुटुको चाल छ ताल मिलेको
विश्व छ एक सङ्गीत
सुन्दरीजलमा, शीतल थलमा
गाइन् तिनले घँसिया गीत।

३.
सम्झँदा पुग्दछु अहिले
स्वरहरू सब ती ब्यूँझन्छन्
चल्छ समय पछिल्तिर फेरि,
चिडिया कलरव सम्झिन्छन्।