बसेर छिनो लियो ? एकान्तमा कसले कुँद्ो ? के बनाउने उसको इरादा थियो ? जब संसारमा खालि ठण्डा पानी थियो ।
हामी त्यस व्यक्तिका कठिनाइहरू बुभन सक्तैनौं । अँधैरीमा उज्याला आत्माहरू काम गर्दछन् । सुनसानमा बल्नु चन्द्रमाको लक्षण हो । त्यहाँ केही थिएन । अब कल्पनार मातृभाषाको श्रद्धाले कति गरेछ त ? रोकावटहरूले, कठिनाइहरूले के गर्न सके ? त्यस सपनालाई-जो उषाको सुर्वणरेखा कुँद्दछु भन्दथ्यो । श्रद्धालाई दिव्य बत्ती झुल्काउन दिइएको थियो र सौन्दर्यको घडा बन्यो । क सुन्दरको खोजमा थियो, मधुरलाई मुखरित गर्न चाहन्थ्यो, गरिछाडचो । सुन्ने देख्ने कोही कहाँबाट त्यसरी आयो होला भनेर छक्क परेर एकै छिन टोह्लाउँथे । विद्वानहरू पनि आश्चर्य मान्दथै, केही उसलाई दिइएको थियो, जो अरूको भागमा थिएन । यो के थियो ? हामीहरू विश्लेषण गर्न चाहन्छौं तर राम्ररी सम्तैनौं । त्यहाँ अदम्य आत्मा थियो, सुन्दर देख्न चाहन्थ्यो । कठिनाइहरूले तर्साए पनि जित्दै गयो, उचालिँदै गयो । त्यहाँ अकेला आविष्कार एकध्येयी मोहनी छ । क भात माग्दा लात पाउँला भन्ने कुरा जान्दछ । सत्यको बोधिवृक्ष पनि सुन्दरलाई समाउन खोज्दा मारले कसरी तर्साउन खोज्छ भन्ने उसलाई याद थियो । तर क डगेन । काँपे पनि जित्यो र उत्तम क्षणहरूमा निर्धक्कसँग सौन्दर्य बहाइदियो । हामी धनी भयौं । यो श्रद्धाको मोहनी हो । सुन्दरको उपासना हो, सत्यको झल्का हो । केही आत्मामा सौन्दर्य नभई दुनियाँ टोह्लाउँदैन । अरूहरूले पनि सो कोशिश गरे, तर त्यतिको टुना राख्न सकेनन् ।
उनी बुद्धिमान् थिए, चत्र थिए, जो परिस्थिति बुझेर त्यसबाट माधुर्यका क्षणहरू निकाल्थे । उनको आत्माले आफूलाई छकाएन । उनलाई सत्य प्यारो थियो । त्यसैले कलमको टुप्पामा ती बुट्टा बसे जो धेरै अनुकरण गर्न व्यर्थ कोशिश गर्दछन् ।
मलाई पहिलो चरा मीठो लाग्छ, पहिलो उज्यालो रसिलो लाग्छ । नेतालाई मेरो आत्मा सधैँ नमस्कार गर्छ । हामी बुभदैनथ्यौं, त्यति माथि पुगेका थिएनौं । हाम्रो प्रभातमा ती तारा पहिला ज्योति बाल्दथे । नवीन नेपालको संघार सुनौला भएर आयो। तर धेरैजसो मान्छेहरू दिनलाई दिनै भन्दथे, उद्घाटनलाई खालि उज्यालो भएको । उनीहरूले सन्देश पाएनन् ।