Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/139

From Nepali Proofreaders
Revision as of 16:05, 5 May 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(८)}} वृद्ध महातुर बाबा जननी ::आँसु खसाली दीन बनी । नित्य रुँदा हुन्‌ हाय !! विधाता ! ::तोडिदियौ किन त्यो दृढनाता ? {{pcn|(९)}} वरिपरि वैरीहरु छन्‌ सारा ::छैन कतैतिर कोहि सहा...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

(८)
वृद्ध महातुर बाबा जननी
आँसु खसाली दीन बनी ।
नित्य रुँदा हुन्‌ हाय !! विधाता !
तोडिदियौ किन त्यो दृढनाता ?

(९)
वरिपरि वैरीहरु छन्‌ सारा
छैन कतैतिर कोहि सहारा ।
के गरुँ  ! कसरी उम्की-जाऊँ  ?
कोसित मनको दर्द बिसाऊँ  ?

(१०)
यो सब गगनैभरमा खास
जसका हुन्थे भोग-विलास ।
उसको अब हा !! जीवन-पात्र
केवल सानू पिँजरा मात्र ॥

(११)
पिँजरा फोरूँ भनिकन चुच्चो
बलसँग धसदा भो सब बुच्चो ।
बेसरि कुँजिए पक्ष र पाउ
कसरी अब हा !! काल बिताऊँ ॥