“एङ्गो सङ्गो झाझे झेङ्गा राङ्गा राजे तिप्लिङजोग्गा !'
जस्तो लहरी बडो छिटो तरल पहाडी जल ओर्लिएझैँ द्रुत लयमा
खुट्टाका चालसंग मिलेर नाचिरहेको छ ! र तिनीहरू हाँस्तछन् मुसुमुसु
हामी नौला परदेशी देखेर, मानौं जलका लहरीमा मुस्कान नाची-नाची खेलिरहेछ । वृन्दावन पुगें तर उराठ, धुलाम्मे चिच्याटलाग्दो, मोहनीहीन ! तर यहाँ चढेँ धेरै उच्चतामा । यहाँ पहाडको 'झर्नादार काँधमा एउटा रमाइलो कञ्ज बनोस् त पूर्णचन्द्र उदाउँदाखेरि यिनीहरूसँग नाच्न
कृ्ष्णजी ओर्लिन्थे ! तर अपशोच कुञ्ज यहाँ पनि छैन । चार-छ महीना मात्रको वास छ, घाम लाग्दा मात्र यहाँ यिनीहरू चढ्छन् र बरावर
यात्रीका अगाडि वृन्दावनका नृत्यकलाहरू झल्काउँछन् । नृत्यमा नै पहाडी जीवनको सभ्यता छ, नृत्यमा नै यसको प्राकृतिक चाल छ, मानिसका गोडा कल झैं ओर्लिन्छन्, हावा झैं चढ्दछन् र कामबाट
फुर्सद पाउनासाथ ती गोडा नाच्तछन् । पुराना-पुराना गीतहरू मुरलीमा बज्दछन्, कोरस चल्दछ र श्रमको जीवन सङ्घीतमय बनेर सबै पहाडी
चिडियाका स्वर मिलेभौं अविदित अर्थले गुनगुनाउन थाल्दछन् ।
यी शेर्पिनीहरू बडा राम्रा हुन्छन् र बलिया पनि ! तर यिनीहरूमा सफाइको परवाह ज्यादा देखिन्न, मैलाको वास्ता गदैनन्, उस्तो नुहाउँदैनन्, वर्षका एकबाजि नुहायो भने चोखो शेर्पा भयो । यिनीहरू साना-साना
झुप्रा बनाएर बस्तछन्, खेतीपाती नै यिनको प्रधान वृत्ति छ, सोझा
देखिन्छन् र बडा साधु देखिन्छन् । यद्यपि यिनीहरूमा उज्जण्ड बडा
डरलाग्दा हरामज्यादा हन्छन् रे भन्ने किंवदन्ती छ । यिनीहरूलाई नजिस्काउञ्जेल केही गर्दैनन्, तर रीस उठेपछि यिनीहरू सोझाको भयङ्र क्रोध देखाउँछन् । तर, गोसाईंधानको यात्राबाट मात्र मैले पहाडी जीवनको राम्ररी
अनुभव पाउन सकिनँ, किनकि यो यात्रा अघि भनेजस्तो ठिमिले तवरको थियो । पहाडी जीवनसँग अलि राम्रो परिचय मैले झिल्टुङमा पाएँ ।
बाटो बडो राम्रो थियो शायद चैनपुरसम्म त्यहाँपछि अलि खडबडाए
पनि उस्तो उकालो पर्दैनथ्यो । तैपनि मलाई तीन दिन लाग्यो, अरू
पहाडीहरूलाई एक दिनको बाटो ।बाटामा उस्तो रमाइलो दृश्य केही
देखिएन । महेशखोलाको लामो रेखा र एक-दुई पहाडका रमणीय
पहाडी जीबन/११