This page has not been proofread
हितीय सर्ग मालिनी) विपिन छ बहु-शाखा-रम्य, जँचा विशाल । विटपदलहरूको शीतल स्निग्घजाल ॥
बहु-विहगहरूले गुँज्छ जो चल्मलाई । प॒वन-चपल बास्नादार पुष्पादि पाई ॥ 0)
वल छ कुसुमश्रीको देश जस्तो हरीयो । कलकल जल खेल्ने चल्मलाएर चाँदी ॥ सरस मृदु मुनाका स्वादजिज्ञासु साना । दुधमुख मृगबच्चा खेल्दछन् नित्य नाना ॥
(र)
मृग सुखसँग खेल्छन् हेर पोथी कन्याई । मखमल हरिया छन् मस्त उग्राइलाई ॥
बहुल विपिनबल्ली नाच्दछन् दिव्य हल्ली ।
पिक नव-रव बोल्छन् मञ्जरीभित्र चिल्ली ॥ (३)
शहर छ पशुको झैं पत्रको छत्रदार ।
किसलय-कलि
पन्ना
लुर्किने
रङ्गदार ॥
जल-लवसित मुक्ताहार झैं झर्छ दाना । विविध विटप खम्बा छन् अलङ्कार नाना ॥ (४)