Jump to content

Page:Ek chihan.pdf/43

From Nepali Proofreaders
Revision as of 11:36, 13 April 2025 by Rbn (talk | contribs)
This page has not been proofread

"यो कुरा त ठीक हो, तर नसहेर र अर्काको बदनाम गर्न पनि दुर्जनहरूले नचाहिँदो बकबास गरिदिन सक्छन् ।"

"तर जे भए पनि केही नराम्रो कुरा सुनियो, सकेसम्म सतर्क त हुनै पन्यो । बरु सतर्क र सावधान भएर हो/होइन बिस्तारै बुज्दै गरौंला ।"

"हो, तिमीले भनेको कुरा मनासिब छ । तर मलाई भनेर के हुन्छ, को हो त्यसो भन्ने ?"

"पुन्चाकी स्वास्नीले भनेकी रे ।"

"उसले कसलाई भनेकी रहिछ ?"

"बाबुचाकी आमालाई ।’

"जेठी बुहारीलाई नै भनेकी रहिछ ?"

"अँ !"

"बाबु मरेको दुई महिना भएको छैन, हेर छोरीको चाल ! साँच्चै हो भने हरेराम ! कसरी मैले छिमेकीहरूलाई मुख देखाउने ?"

"डाक्टर गोदत्तप्रसादलाई ठाडै ‘अबदेखि नआउनू’ पनि कसरी भन्ने ? त्यसो भन्नु पनि राम्रो कुरा होइन । तर उनी सकेसम्म आउँदै नआऊन् अथवा बहुतै कम आऊन्, यही अक्कल हामीले गर्नुपयो । तपाईं घरमा बसिरहने, त्यसैले तपाईं नै यसको पनि इन्तजाम गर्नुहोस् ।" शिवनारानले गम्भीर मुद्रामा भने ।

अबेर भइसकेको हुनाले यति भनी शिवनारान सबलाई लिएर खेतमा गए । जानुभन्दा अगाडि उनले लतमायालाई यो पनि भनेका थिए- "सुरमान सुब्बाले दिन खोजेको विदेशी तानको मद्दतलाई पनि स्वीकार नगर्नुहोला किनभने डाक्टर गोदत्तप्रसाद सुब्बा सुरमान पनि अगाडि असल मानिस थिएनन् । चलाख मानिसको स्वार्थ र धुर्त्याइँ असल कुराभित्रै लुकेको हुन्छ ।"