Jump to content

Page:Kavi bhanubhaktako jivancharitra.pdf/31

From Nepali Proofreaders
Revision as of 18:25, 5 June 2025 by Rbn (talk | contribs)
This page has not been proofread

लेख्नुपत्यो भने गुण दोष बराबर लेखी दिन्छ; उ कसैको पर्वाह मान्दैन । यस्तो कविता गरे ज्यान्‌ जाला भन्ने भय कत्ति मनमा मान्दैन । यस्तो स्वभाव संसर्गी कविका कदापि हुन्न । कविता गर्दा जत्तिको परिश्रम संसर्गी कविलाई हुन्छ उत्तिको सहज कविलाई पर्दैन । सहज कविको कविता लोभले हुँदैन, कविका इच्छाले भयो भने भयो भयेन भने भयेन ।[1]

कवि भानुभक्ताचार्य सहज कबि थिये । आर्काका करमा कैलह्यै पनि बसेनन्‌ । यै कारणले जागीर ठूलो नामको इच्छासम्म राखेनन्‌। आफ्ना मनोमानसित चित्त प्रसन्न भयाका बखतमा कविता गर्दथे । निज कवि भानुभक्ताचार्यका परम मित्र श्रीयुत सुब्बा धर्म्मदत्त ज्योतिषीका मुखजवानी मैले सुनेको छु कि कवि भानुभाम्त एक दिनमा ६० श्लोक्‌ शादर्दल विक्रीडित छन्दमा बनाउन सक्दथे । रामायण युद्धकाण्ड बनाउँदा १ दिन कवि भानुभक्तले ६० शलोक शादर्दूल वृत्तमा बनायेका छन्‌। अर्थात्‌ १४२३ ग्रन्यका बराबर कविता बनाये । निज कविले कविता गर्नुपर्दा प्रथम आधा घडीको अन्दाज विचार गर्दथे; वहाँपछि कलम्‌ थाम्नु पर्दैनथ्यो । यी कविका पद्य र गद्य एक नास हुँथे जो अझतक्‌ कवितामा प्रत्यक्षै देखिन्छन्‌ । कविका भनाइको छाँट कवितामा चौपट्र असल देखिन्छन्‌ । जस्तासुकै पद हुन्‌ कविले राख्न आंटे भने नराखी छोड्दैनथे । अहाँ एक्‌ श्लोक पद क्रमको कवि भानुभम्तले बनायेको लेख्दछु-

  1. मैले बनायेको "कविता लक्षण” ग्रेंथमा लेखेको पनि छ-

    धन्‌ले हुदैन कविता नत हुन्छ मनले ।
    ज्ञानूले हुँदैन कबिता नत हुन्छ तन्‌ले ॥
    इन्‌ले भयाकि कविता कविता समान्हो ।
    आफै भयाकि कविता बह्तै असल्‌ हो ॥१॥