Jump to content

Page:Kavi bhanubhaktako jivancharitra.pdf/10

From Nepali Proofreaders
Revision as of 09:57, 2 June 2025 by Rbn (talk | contribs)
This page has not been proofread
कवि भानुभक्ताचार्यको
जीवनचरित्र
श्री गणोशाय नम:

हाम्रा गोर्खा राज्यका पर्वतखण्डमा राज्यधानी काष्ठमण्डपदेखि पश्चिम तरफू तनहँ नाम गय्याकी दैश अझतक प्रख्यात छँदै छ जहाँका राजा उत्तरखण्डका रजवाडाहरूमा असल्‌ गनिन्थे, जस्का प्रबल प्रतापले यवन राजाहरूको यस्‌ तर्फ आउनाको इच्छासम्म हन दियेन, जहाँका राजा स्वतंत्रतापूर्वक निष्कण्टक राज्य भोग गर्दथे । राज्य पनि सानोतिनो थियेन, जमीनका उपजबाट मात्र लाखनको तहसील हँथ्यो; तस्तै तराई पनि थियो । पहाडखण्डमा ठूला २ पहाडको शोभा बयान गर्न सकिदैन । अमृतरूपी जलको प्रवाह मन्‌ नखैँची छाड्दैन । रङ्गबिरङ्गका फूलको शोभा र जातजातका चराहरूका बोल अनमोल छन्‌ । जहाँका जङ्गलको बिचित्र शोभा स्वर्गका नन्दनवनका शोभालाई लज्जावान्‌ गरी दिन्‌छ । बखत्‌ बखतमा जङ्गलका पशुको गर्जन्‌ पनि सनिन्‌छ: कहाँसम्म बयान गर्नु अर्थात्‌ तनहँ देश सामान्य छैन ।

अनुमान्‌ सवासय वर्ष हुन लाग्यो, जब श्री ५ गोर्खासरकारको