This page has not been proofread
अष्टादश विश्राम
१
हँसिलो मुनिका मुहारको
फिर त्यो सुन्दर सूक्ितहारको ।
छविमा मन रङ्गियो अति
पर भाग्यो अरु सम्झने गति ॥
२
ममात्रै हाँसें वा अरु पनि कुनै हास्यरसमा
डुबेका छन् ? भन्ने सरल हँसिलो तर्कवशमा ।
परी हेरें फेरी सबतिर हँसीलो मुख गरी
सबै हाँसे हाँसोमय भुवन भास्यो हरि हरि ॥