Jump to content

Page:Tarun tapasi.pdf/98

From Nepali Proofreaders
Revision as of 21:07, 6 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread

२७
उदेकाई खाली नलिइ मनमा ग्लानि कटुता
सबै हेर्दाहेर्दै चटकमय त्यो धर्मपटुता ।
बितीहाल्यो धेरै समय, जुग अस्तोन्मुख भयो
नगीचैमा आई गहनगति विज्ञान उभियो ॥

२८
थियो जस्तो पैले चटकमय त्यो धर्म नकली
जुट्यो उस्तै आई चटकमय विज्ञान नकली ।
दुवै लागे ठाडै भिडिन सबको शान्तिविधिमा
म डूबें त्यो देखी अति गहन चिन्ताजलधिमा ॥

२९
कहिकन सब त्यस्तो अन्धविश्वासशाली
अबुझ मनुजको त्यो भावनाको प्रणाली ।
मन सब तपसीले श्वासका साथ बाँधी
अलि छिन लिन लागे शान्तिशाली समाधि ॥