Jump to content

Page:Tarun tapasi.pdf/81

From Nepali Proofreaders
Revision as of 21:02, 6 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread
द्वादश विश्राम


कविजी प्रिय शिष्य झैं बनी
कर जोडेर सबै कुरा सुनी ।
अलमल्ल थिये अली छिन
फिर बोले तपसी तपोवन ॥


धमीलो त्यै पैसाविषयक कडा तर्क मनमा
घुमेकै मौकामा ऋतु पनि घुमे क्यै भुवनमा ।
खडा भो वर्षाको समय, फिर त्यो कृष्णरजनी
अँध्यारो औँसीको, घनपटलले गुम्फित पनि ॥


न वा आकाशैमा निविड तम उम्रीकन बस्यो
न वा त्यो आकाशै तमजलधिमा गैकन पस्यो ।
मसीमा चोबिन् वा प्रकृतिजननीले गगन यो
बिलायो वैषम्यस्थिति, सकल एकाम्मय भयो ॥


दुवै आँखा चिम्ली म पनि बहुधा त्यो बखतमा
रहन्थें वा खेल्थें हृदयगत अन्तर्जगतमा ।
खुल्यो सुस्तै मेरो पलक, नगिचैमा अलिअलि
कुनै सानू देखें किरणकणिकाको पिलिपिली ॥


तमासा यो क्या हो ? कुन चटक यो नेत्रपुटमा
पर्यो कस्ले फाल्यो किरणमय झिल्को निकटमा ?
भनी हेर्दाहेर्दै निविड तम चिर्दै चरचरी
उडेको भेट्टायें चटुलगति सानू जुनकिरी ॥