This page has not been proofread
“तल झर्छ कि” भनेर दिनान्तमा ।
सुरपुरी रहने 'छवि' साँझको ॥
कनकपड्ख ढलक्क गरीकन ।
अधरलाल मुसुक्क जसो गरी ॥
शिखर भील रँगाउन हेर्दछन् ।
अन त्यसै उनले पनि गर्दछन् ॥
(२८)
तल झर्छ कि भनेर त्यहाँ तिनी ।
लघुतनी हलुकासँगः ओर्लिइन् ॥
कुसुम त्यै मनले मलया$निल-
चपतमा धरणीतिर भर्दछन् ॥
(२९)
'शबल पड्खहरू तरुमा अडी ।
तल सफा जल प्यूँन मसक्क भै॥
प्रथम फर्फरले अघि हत्तिई ।
उर अगाडि दिई अलि ककिँदै ॥
(३०)
जुन प्रयत्न गरीकन दृष्टिको ।
मधुर पात गरी तल हेर्दछन् ॥
सदृशता त्यसको उनमा थियो ।
जब तिनी पृथिवीतिर फर्किइन् ॥
(३१)
बह्दुत दूर हुँदा चिडिया थिइन् ।
जलद उज्ज्वलका चयबीचमा ॥
अब बनिन् सुमुखी तल ओर्लिंदी ।
कवि घनीकृत झैं सुषमा कुनै ॥
(३२)
हृदयव्योमसुवर्णविहारिणी ।
मधुरमादकपड्खप्रसारिणी ॥
विहग-आवलिले कलभाषिणी ।
अनुपमा सपनासरि छन् तिनी ॥
(३३)