This page has not been proofread
३०
यती भन्दा भन्दै क्षणभर भयो मूर्छित चरो
शिकारी के सम्झोस् कपटपटु त्यो मूर्ख बिचरो ।
दियो उस्ले उल्टो झटपट पुरस्कार मरण
बनिन् माता पृथ्वी उस विहगको अन्त्यशरण ॥
३१
व्यथित विहगको त्यो आर्त चीत्कारभित्र
उस बखत फुरेका वाक्य साह्रै पवित्र ।
कठिनसित बताई बर्बरी आँशु झारी
मुनिमन पुगिहाल्यो यो महासिन्धु पारी ॥