Jump to content

Page:Shakuntala.pdf/375

From Nepali Proofreaders
This page has not been proofread

यो यौटा राजनीति प्रबल बुझ तिमी सत्यको भित्र सारा ।
राज्यैको आयु होना जबतक त्यसमा ईश-सन्तोष होला
घेरा चौडा गराए हृदयकन दिए सत्य चौडा विशाल ।
ज्युनेछन्‌ राज्य लामा क्सुृम-निकर झै स्वस्थ सौगन्ध चाल
(७१)

प्रैमै हो सिर्जनाको प्रथम विधि यही विएव-आधार जान ।
प्रैमै हो दिव्यताको मधुमय करुणा प्रेम हो विश्व-प्राण
प्रैमैले मिल्छ तारा, पसकन सबको धर्मको तत्त्व जान ।
हेलौँ हो पाप भन्ने बुझ नृपवर यो प्रेम हो दिव्य गान
(७२)

आत्मा जस्ता तिमी हौ, मधुमय सुषमा साथकी स्त्री यिनी हुन्‌ ।
जाने सौन्दर्य तव पुर ततप यही हुन्छ देखिन्छ सत्य
सत्यैको मोहनी हो प्रर्कातबीच सबै माघुरी मोहनी यो ।
आत्मा बोलाउने भै वरिपरि छरिई ढाक्दथे प्रेमद्वारा
(७३)

आत्मा देखेर आफ्नो प्रभुकृत सुचमा मोहनीका चकोर ।
प्रेमी, हः दुखसुखहरुका नी परीक्षा अघोर
हामी रुछों रुलाई तर हृदय सबै सोधिने यो क्रिया हो ।
यस्तो आनन्ददायी मिलन भड्दिनू ईशको नै दया हो
(७४)

स्वगैमा हृम्न शोभा हृदयकन नभै मेल यो शान्तिद्वारा ।
बिर्सन्छो मोह पर्दा प्रकतिकन भनी दिव्य सौन्दर्य सारा
बिर्सेप्यौ प्रेयसीको दिलकन जसरी शापले क्रोधमूर्ति ।
दुर्वासाको अगाडि प्रबल विधि त्यसै गर्दछन्‌ विश्वभित्र
(७५)

फर्की आएर हाम्नो स्मृति जब अघिको गर्दछे सत्‌ प्रभाव ।
आत्मा यो रुन्छ दाँजी प्रकृतिपत लिई पापको क्रर ताप
छुट्दै जाँदा जगत्‌को सुरपुर विजया दिव्य आत्मा उज्यालो ।
भेट्छन्‌ आखीर आफ्ना प्रियतम सुखले आँसु यस्तै बहाई
(७६)

छोरा %ै मोहनीले मधुमय मुखको र सम्झना यो सुषार !
राखीछोड्छ्‌ र भन्छे गहिरी रूप वेराग्य-सारा
पायौ जो मोहनी यि यिनकन गहिरी भावनाले नुझेर ।
बढ्नेछौ स्वर्ग राजा ! पछि सब सुरका वीर श्रेष्ठ बनेर
(७७)