Jump to content

Page:Shakuntala.pdf/371

From Nepali Proofreaders
This page has not been proofread

आँखा रसाउन गई अब टल्पलाए ।
ती गेर्दार मुखमा गहिरी अगाडि ।
हा प्रेयसी ! तन तिमी अन जोगिनीको ।
यो वेएामा हँदिथियौ ग्रहका अगाडि ।
(४७)

वैराग्यको कदुपना, सब दु:खभन्दा ।
छाती चरक्क चिरिने, गहिरो गराई ।
मानो विषाद गहका सन आँसुभन्दा ।
झल्केर दिन्छ सचराचर नै रठुलाई ॥
(४८)

क्या करता मकन भन्दछ गेरु तिम्रो ।
गाली समान गहिरो दिलमा सुनाई ।
यो रब्चले जलधि आँसु बनेर मौन ।
टल्पल्‌ हुँदौ छ गहमा अहिले मलाई ॥
(४९)

क्या शान्त सुन्दर मिढी गहिरी उज्याली ।
गम्भीरता विरहको सरि मूर्तिवाली ॥
नाघेर दुःखहरुका सन साँधलाई ।
छौ चन्द्रमा सघनतुल्य चकोरलाई ॥
(५०)

आँखा ननी सजल भन्छ अहो ! मलाई ।
निर्सिन्नथ्यौ विपिनमा तर योगिनी भै ॥
हा ! क्रूर विस्मृति म पर्दछु पाउमाथि ।
माफी गरे विधि-षिकार म भक्तलाई ॥"
(५१)

जोडेर हात दुइटै अब चल्छ घुँक्क ।
रुभ्दो गला अघि परे न्‌प-पाउमा ती ॥
दोटा झरे विमल विन्दु र छाँद हाली ।
भन्छन्‌ "नत्याग अब भक्त दुखी मलाई ॥"
(५२)