स्वर्गको हो ननोटै नै सच्चिदानन्दको गुण ।
सत्याधारित सद्रख्ू्प अनवर अभञ्जन ॥
(७२)
स्वर्गको एक जादू नै 'सत्य' मन्त्र मनौहर ।
सत्यमा शुद्ध झल्किन्छ पूर्णनिम्ब महेश्वर ॥
(७३)
सबैभन्दा उचा ग्रष्टम ब्रहमको पछि स्वर्ग छ ।
ब्रह्म छन् त्रिगुणातीत, बग्रहमै सदपवर्ग छ ॥
(७४)
सत्यको पछि आत्माले प्रकाशतिर घाउँछ ।
असत्यको पिछा पर्दा अँध्यारोतिर आउँछ ॥
(७५)
स्वर्गको भित्र आशाले जगत् सारा चराचर ।
सुख मात्र भजी बस्छ दुःखमा नै निरन्तर ॥
(७६)
तर जअज्चानले गर्दा सुखको सत्यमूलता ।
भनी बिर्सी त्यसै हिँड्छ पात पात जतातता ॥
(७७)
असुरीदिहरु आफ्नो अज्ञान नबुभझीकन ।
सुखको ध्येयमा चल्छन् असत्यपथध निर्धन ॥
(७८)
सत्य हुन्छ अनन्तै नै आशातीत अमगम्यता ।
छोटो साड्ग्रो लिई ताक हाँक्छन् असुर देवता ॥
(७९)
पहिले गड्गडाएर विश्व थर्काउँछन् सन ।
पछि धराप भै शोखी गिर्छ दुक्रा भई तन ॥
(८०)
महाध्येयीहरू हुन्छन् हुन ता दैत्यका पनि ।
तर साङ्ग्रो लिई ताक गिर्छन् उल्टा बनी बनी ॥
(८१)
Page:Shakuntala.pdf/338
Appearance
This page has not been proofread
