This page has not been proofread
२४
समुद्रैको जस्तो निरतिशय गाम्भीर्य मुखमा
सदा एकैनासे विषयरसको दुःखसुखमा ।
थिये ती खम्बा झैं कठिन तपको, धैर्यगुणको
भरीलो ओजस्वी नयनयुगको ज्योतिउनको ॥
२५
ति हेर्थे आशाले वदन तपसीको पुलुपुलु
उनी तिन्को हेर्थे नियतिगतिरेखा टुलुटुलु ।
ति लोहाको टुक्रासदृश, तपसी चुम्बक थिये
त्यसै हेर्दा हेर्दै कविकन बलैले खिचिलिये ॥
२६
अघी जो झल्केथ्यो परम सुख वा शान्ति मनमा
उसैको क्यै पाये झलक तपसीको वदनमा ।
इनी को ? कस्ता हुन् ? भनि गम बढाये जति जति
स्वयं बढ्दै आयो तर अगमता नै उति उति ॥