के होला अब जिन्दगी शिव हरे ! संसारमा यत्तिकै !
घुम्छन् फन्फन उ खले कि हुन गो सारा कुरा विश्वमा ॥
आँखाले तर चेहरा यसो गर्दी परीक्षा तिर्नी ।
आशाले अझ नाँधिएर रहँदी केही समाल्छिन् मन ॥
(१२५)
रोक्केकी मृदुयौवनी कमलिनी पर्दा अँध्यारो परी ।
खुल्ला व्योम भनेर प्रात-समयी हावा उठी सर्सरी ॥
रुन्छिन् झन् अब मेघले सब चिसो पारेर ढाकीकन ।
भै आशा अति तीव्र त्यो कडिइँदा क्या रुन्छ हाम्रो मन ॥
(१२६)
यी यात्री मृदुदेशकी सुन-सुनै फल्ने जगत्की त्यहाँ ।
देख्छिन् कण्टक मात्र हाय ! हँसिली बन्दी रसीली यहाँ ॥
त्यो फुक्दो र उचालिँदो उछलिँदो त्याँ स्मेर सानन्दता ।
धीमा भो, अब लाटियो मृट् बन्यो चीसो बढ्यो मन्दता ॥
(१२७)
आँखा-पानि त्यसै बनेर रहनै पानी बनी आउँछन् ।
बोल्लान् स्वीकृतिको अझै वचन ती भन्ने तरफ धाउँछन् ॥
"हे आत्मा ! प्रभ् प्राणनाथ किन हो ! के पाप मेरो भयो ।
भन्छन् नेत्र नसम्झिने मकन नै आश्चर्य कस्तो अहो !"
(१२८)
बोली शून्य भएर तैपनि त्यहाँ गोली त्यसै बछख्रिने ।
छातीमा तिनको दशा हन गयो बजै त्यसै पगिलिने ॥
र रै लाग्छ शकुन्तला मनमनै देखेर तिम्रो दशा ।
कल्ले नुभदछ हाय ! जो बुझिलिने शोभा निशाका दिशा ॥
(१२९)
जौ ₹ग्छन् निशि-अन्त्यमा कस्मले ती आँसु तिम्रा भए ।
मंघाच्छन्न भए .दिशा रँग रही आशा त्यहाँ झन्डिई ॥
बन्दी त्यो पतला छ जो सूनहला लाली भई सत्वर |
मानो अन्त्य छ शोणिताक्त दिलको आशा त्यहाँ नीरव ॥
(१३०)
Page:Shakuntala.pdf/296
Appearance
This page has not been proofread
