Jump to content

Page:Luni.pdf/58

From Nepali Proofreaders
Revision as of 13:42, 6 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread

हेलम्बूको गुम्बा
कहालिन्‌को खम्बा
ह्लामा गरी जम्बा
पठाक लानलाई ।
नत्र लूनीलाई कोयली आर्को छैन !
नत्र लूनी फूलफूल गल्छिन्‌ बन्दै मैन
नत्र यिनको मनमा हुने छैन छैन ।"

(११)
आए लामा डोले
ल्याम्बो म्याम्बो डोले
फ्रापन रल्लर खोले
ह्लासा शहरमा ।
आए डोली कपन
'जिन्जी' 'आन्जा' लाई
हेलम्बूको बाटो
पहिलो पहरमा ।

(१२)
लागे लामा डोले
ल्याम्बो म्याम्बो डोले, ह्लामा उकाली
लहर लहर लामा
किश्ती सरजाम काँधमा उचाली ।

(१३)
लामो लामो बाटो
ढुङ्गा बगरको ।