Jump to content

Page:Luni.pdf/27

From Nepali Proofreaders
Revision as of 12:34, 6 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread

(५)
माथि सुन्दर फूल खसाली !
"संसारभरको सेर्पा राजा
सुनको बारी, सुनको दरबार
सामु हाम्रो तासी ह्लामा
फुक्दछ शिरले बिन्ती एकबार !

(६)
"हामी सानो मासी ह्लामा
ह्लासा घरको सानो छाना
बिन्ती आदर गर्दै आई
माग्छ हजुरको छोरी 'लनी
हाम्रो छोरा 'ह्लानी' लाई

(७)
पच्चीस ह्लामा गाउँ बिर्ता
पच्चीस बाघको छाला भेटी ।
पच्चीस साँप्ला सुनको दाइजो
पच्चीस राम्रा ह्लासा केटी !
बिन्ती हाम्रो सोङ्गो राजा
कानले दिलमा धारेदेखि
आजको मैह्ना दर्शन गर्न
'ह्लानी' भेज्छौं चिट्ठी लेखी ।"
लेख्दछ सेर्पा साम्बा सोग्जो
भोटे अक्षर केही बाक्गो
स्‌न-जलपको मसीदानी
प्वाख कलमले बुट्टो तानी !