This page has not been proofread
फुर्फर भै नाचिवरी ।
पुच्छर त्यो डोल सरी ॥
कान उँचा निम्न शिर ।
लुटपुट भै हुन्छ वर ॥
(६९)
तान्दछ त्यो वस्त्रकन ।
शास्यमुना तास्नकन ॥
सिक्न सरेतुल्य अघि ।
छुन्मुन फै शीर्ष गरी ॥
(७०)
फर्की हेर्दा एक पाठो कलीलो ।
तान्दो सारी फुर्फारै भै खुशीले ॥
देखी बोकिन् स्निग्ध त्यो चारु भार ।
छातीलाई म्वाइ दी गर्न प्यार ॥
(७१)
"छानो बाबा: छिः दिछी क्या अपाल ।
'आमा' भन्दौ म्याँ गली एकबाल ॥"
भन्दै चिल्लो आँगमा हात लाई ।
च्यापी लिन्छिन् प्यारले सुम्सुम्याई ॥
(७२)