अतिवयस्क तपोबल उज्ज्वल ।
नयन युग्म थिए तिमिरावृत ।
कर छ दक्षिण सूर्य समर्पित ।
कसुम एक लिई हलुकासित ।
(६५)
विपुल चन्दनदार निधारमा ।
निगम-आगमका सन सारमा ॥
जिशत आयु लिईकन शान्तिको ।
सुख कुटीरविषे रहँदा त्यहाँ ।
(६६)
गहन ध्यानविषे अहिले थिए ।
पलक बन्द गरीकन ती त्राषि ॥
नयनले मनको तर देख्दथे ।
सय करा र भने "बस" हातले ॥
(६७)
दुइ बसे अब सुस्त नजीकमा ।
नृपकुमार लिएर ऐाकुन्तला ॥
मृद्मुना शिरका करले मृदु ।
मधुर स्नेह गरेर मुसार्दथिन् ।
(६८)
पलक नन्द गरेर त्यहाँ ्रषि ।
नजरले मनको सब देख्दछन् ॥
तब त्यहाँ उपदेश गर्छ भनी ।
वचन मिष्ट सुधासरि बोल्दछन् ॥
(६९)
"राजा ! यो विश्व साराकन नियमको एक छन् दिव्य शास्ता ।
सम्झी राज् गर्नु यौटा हृदय डर लिई गर्व टाढा गरेर ॥
सत्यैको रूप जानी उनकन मनले राख्नु श्रद्धा अनन्य ।
सेवाको भाव राख्नू जनहित नृपकी ताज भन्ने बुझेर ॥
(७०)
Page:Shakuntala.pdf/374
Appearance
This page has not been proofread
