"साच्चै कृ्ष्णकि झै मुहार हार हेंसिलो जस्तो छ तिम्रो पनि ।
जित्छौ यो समस्त सहजै मीठो उज्यालो बनी ॥
आत्मा नाम कसो गरी हन गयो हे देहका देवता ?"
भन्दा बोल्दछ "के म हुँ ल प्लिथिवी ? माटो त्यछै बेपता ॥"
भन्दै खिल्खिल् हाँस्छ चारुमुख त्यो तारल्यको शैशवी ।
मानो जिस्किन खेल्न कुदून सुखको पानी सिँगार्ने छवि ॥
(२३)
"यी हुन् राजकमार चन्द्रकलका यी तेजिला नालक ।
हाम्रा राजकुमार ती भरत हुन् यी दीनका पालक ॥
सम्राट् देश समस्तका पछि हुने जानेर हाम्रा क्रषि ।
बूढा कश्यप गर्नुहुन्छ यिनमा शिक्षा कुटीमा बसी ॥"
(२४)
'यो चन्द्रवशी कन राजपुत्र ?'
भनेर सोची मनमा विचित्र ॥
ठानेर भन्छन् "कन कष्ण नाम ?
राजा कहाँ छन् कन देश धाम ?"
(२५)
यस्तैमा खस्न जाँदा शिशुकर रहने मन्त्रको एक बाजु ।
टिप्छन् दुष्पन्त छीटो, तर निकट हने गर्दछन् "हुन्न हा हा ॥"
भावी आश्चर्य सोद्धा चकित नजरले भन्दछन् ती मनुष्य ।
"हाम्रा यी शाहज्यादा प्रभ् पनि यिनका" अड्कियो त्यो रहस्य ॥
(२६)
जोडी हात खडा भएर जनले भन्छन् "प्रभो मन्त्रले ।
नाधिका यस नाजुलाइ्इ अरुले टिप्दा डसीदिन्छ यो ॥
सर्प बन्दछ मर्छ मानिस पनी, हा हा त्यसैले गय्यौं !
हाम्रा राजकमारका प्रभु पिता जानी खुशीमा पौ ॥"
(२७)
नृपको मनमा जवाफले ।
अझ आश्चर्य बढ्यो, 'कसो गरी ?
म पिता यिनको भनीकन ।
सन भन्छन् म त कत्ति नुभिदनँ ॥'
(२८)
Page:Shakuntala.pdf/367
Appearance
This page has not been proofread
