Jump to content

Page:Shakuntala.pdf/364

From Nepali Proofreaders
This page has not been proofread

"यस्तो सुन्दर गानको वनविषे ती कोमलाङ्गीसँग ।
मेरो वन्य बिहा भयौ कसुमको खानी फुलेको रँग ॥
सौगन्धी नवमञ्जरीहरु मिली नाच्थे फुकाई उर ।
बोल्थ्यो प्रेम बनी जगत्‌ मृदुहरा बोल्थ्यो फुली सुन्दर ॥
(५)

'हाम्रा भाव थिए मुनासरि नयाँ मीठा मुना पातला ।
जिभ्ना झै कलकण्ठका मृदुलता मागी मर्यो कम्पित ॥
फुल्छौं चन्द्र र सूर्यमा उर फुकी मीठो लचीलोपन ।
बिस्तारै मुसकाउँदै पर गरी' भन्थे खुसारईकन ॥
(६)

"घुम्टो थोर लिएर भाव तिनका लज्जा रसीली बनी ।
मुस्कन्धे अलि लालरङ्घग कलिलो छाएर गाला भरी ॥
ती बोल्थिन्‌ वन झै चरामय करा, मीठा सुराका कणा ।
मानो बैंस वसन्तमा र वनमा बास्ना बने झै घना ॥
(७)

आयो क्रुर तुषारको हुदयमा ठण्डा कडा विस्मृति ।
मेरो श्वास ननेर स्याँठ हिउँदे छाती चियो कोमल ॥
ती फुल्दी कलिली मिठास मनमा आनन्दका रङ्गमा ।
वैलिन्‌ हाय ! कतै कतैतिर तिनी होलिन्‌ रँदी मौनमा ॥
(८)

छातीका जलबाफ सर्र मनमा फैली रसाईकन ।
ढीका उष्ण लिएर कोण दुइमा लामा तिनी हुन्‌ रुँदी ॥
फुल्दा यौवन आश कुण्ठित भई घक्का परी निष्दुर ।
घुँक्का बन्दछ मौन आँसुसँगमा कूना कहीं ली पर ॥
(९)

कै ठानिन्‌ शिव हाय हाय तिनले वल्ली बनी आउँधिन्‌ ।
मृद्राले नव आशका विरहका दाना बिसाकै भनी ॥
मेरो करपना र आँधिहरुले ती जिल्ल आत्माकन ।
राखिस्‌ दैव कहाँ ? बता अब ममा खोज्ने रोईकन ॥
(१०)