महाराज दुष्यन्तका कीर्ति सारा ।
सुनाएर त्यौँ सात संसारलाई ॥
बडा पड्ख राम्रा उचालेर हाँकी ।
झत्यो यान सङ्गीत मीठो बनेर ॥
(२२०)
यता ओलिँदा भूप दुष्यन्तलाई ।
घरा क्यै फिका लाग्न गो दृष्टिलाई ॥
त्यहाँ एक टूना उज्यालो हुनाले ।
बन्यो स्वर्ग झै सम्झनाले छुनाले ॥
(२२१)
जसै मेघका भाँग छोडेर ओर्ले ।
फुलेका उज्यालो प्रभाले छुनाले ॥
कहाँ दिव्य लावण्यकी मूर्ति होलिन् ।
भनी सोच्न लाग्दी भई कल्पनाले ॥
(२२२)
भुलेका थिए स्वर्गमा त्यो वियोग ।
फिप्यो दैन्य पृथ्वी नजीकै हुनाले ॥
नयाँ एक आशा मिलेको विषाद ।
भने आँसु झल्का रँगी झल्कनाले ॥
(२२३)
हजारौं थिए शैलका मञ्नु कृञ्ज । __
" "उडी आउँछ स्वागती सम्झनाले ॥
हुनैपर्छ ती क्रूरताकी शिकार ।
त्यहाँ प्रेमको तुल्य ट्ना हनाले ॥
(२२४)
जसै देखियो एक सौन्दर्य कञ्ज ।
नदीले चिरैको हरा दृश्य ताल ॥
सफा फेन रेखा झरेको घुमेर ।
भयो नाग जस्तो दिशा उत्तरीय ॥
(२२५)
Page:Shakuntala.pdf/359
Appearance
This page has not been proofread
