Jump to content

Page:Bhanubhaktako ramayan.pdf/4

From Nepali Proofreaders
Revision as of 08:53, 14 April 2025 by Rbn (talk | contribs)
This page has not been proofread

प्रकाशकीय बढ़ापाकादेखि लिएर बालबालिका र तन्नेरीहरूका लागि समेत उतिके मन पर्ने भाषामा लेखिएको भानुभक्तको रामायणका विषयमा जति भने पनि थोरै हुने, जति बयान गरे पनि अप्रै रहने हुन्छ । भानुभक्त आदिकविका रूपमा आफै एक सामाजिक, सांस्कृतिक व धार्मिक प्रतीक भइसकेका छन्। उनको रामायण एक शताब्दीअधि पति त्यस्तै मीठो लयले गाउँघरमा श्रद्धापूर्वक पाठ गरिन्थ्यो भने आज पनि बौद्धिक-सांस्कृतिक र साहित्यिक जगात्मा अध्ययन-अनुशीलन गरेर भानुभक्तलाई राष्ट्रिय विभूति मानी श्रद्धा व्यक्त गरिरहेका पाउँछौं । यति ठूलो अर्चना र भक्ति प्रदर्शित गर्दागर्दी पनि र सर्वसाधारण जनतामा भानुभक्तको रामायण पाठ गर्ने असीम श्रद्धा हुँदाहुदै पनि भानुभक्तको रामायण नेपालबाट नछापिनु आश्चर्यको कुरा थियो। यसैलाई दृष्टिगत गरेर पाच वर्षअधि तनहु रम्घामा भानुभक्तको जयन्ती मनाउँदा अध्यक्ष श्री क्षेत्रप्रताप अधिकारीले भानुभक्तको रामायण प्रकाशन गर्ने वचन दिनुभएको धियो। त्यसअनुसार रामायणको पाठान्तरको खोजी गरी काम थालियो। भानुभक्तले जस्तो लेखेका थिए, जुन रूपमा लेखेका लिए सोही मूलपाठअनुसार शुद्धयाएर छाप्न पाए यसको महत्ता र विशुद्धता कायम हुने थियो। यसले गर्दा आदिकवि भानुभक्तको यथार्थ पहिचान गर्न विद्वान्हरूलाई सजिलो पर्ने थियो। तर काम बढ़ी अनुसन्धानात्मक र समय पनि निकै लाग्ने हुँदा हाललाई नेपाली साहित्य सम्मेलनबाट प्रकाशित श्री सूर्यविक्रम ज्ञवालीको सम्पादनमा निस्केको बहुप्रचारित भानुभक्तको रामायण ने आधार मानी उहाँले लेख्नुभएको भानुभक्तको संक्षिप्त जीवनी पनि राखेका छौं। भेटिएसम्मका आदिकविका अन्य कृति र फुटकर रचनासमेत समावेश गरी सर्वत्र सुलभ होस् भन्ने हेतुले साधारण र विशेष सचित्र संस्करणको रूपमा भानुभक्तको रामायण प्रकाशित गरेका छौं। सर्वसाधारण पाठकहरूबाट यसको स्वागत हुनेछ भन्ने हामिले आशा गरेका छौं।