Jump to content

Page:Shakuntala.pdf/269

From Nepali Proofreaders
This page has not been proofread

भुट्न मकै तब तत्पर श्यामा ।
पाए दिँदी मृदु केष छ लामा ॥
क्या स्मितिसुन्दरलोचनचारु ।
षोडशवर्षप्रविष्ट फुलारु ॥
(४८)

छम्छम छम्घम चल्दछ चूरी ।
पट्पट पद्पट बोल्दछ हाँडी ॥
भर्भर भर्भर गर्दछ आगो ।
चम्चम चम्चम नाच्दछ आँखा ॥
बात बनाउन नग्न चनाखा ।
चाख छ चल्दछ फु्फुर घागो ॥
चञ्चल चञ्चल लोचन चारु ।
मोहन मौक्तिक हास्य फुलारु ॥
बात हुँदै मृदु बैंस-बयानी ।
फुल्दछ चारु मकै मनमानी ॥
हेम फुलेर ननेसरि चाँदी ।
मोहन हास्य मनोहर दाना ।
कोमल कोमल सत््‌कृषि खाना ।
बादल पात्र छ रूक्मखजाना ॥
(४९)

स्नेह जुटाउँछ स्नेह छ खाँदो ।
स्नेह छ गदगद स्नेह छ आँखा ॥
बात मनोहर भाव सिपालु ।
चञ्चल चञ्चल नेत्र छ श्यामा ॥
(५०)

आउँछ सुन्दर कोमल पाठो ।
नोल्दछ सुन्दर कोमल ""म्याँ म्याँ" ॥
स्मेरमुखाकृति- गदगद श्यामा ।
हेर ! सखीसित लोचन लामा ॥
शान्दित शान्त शकन्तप्रियामा ।
बोल्दछ हेरन, बालक- 'आमा' ॥
(५१)