Jump to content

Page:Shakuntala.pdf/259

From Nepali Proofreaders
This page has not been proofread

क्या राकुन्तलाअगाडि ।
जिन्दगी छ स्वर्ण लष्ष्य ॥
स्वप्न स्वप्न फुल्छ बल्छ ।
जल्छ हिल्छ गल्छ मिल्छ ॥
आश फुल्छ आश फल्छ ।
स्वर्द्वार खुल्छ, ढल्छ ॥
एक देव कीर्तिबाट ।
मोहनी छ त्यो कपाट ॥
रङ्ग चढ्छ विश्वमाथि ।
सर्ः सर्र भाँति भाँति ॥
घप्प घप्प हुन्छ लाज ।
माचमाथि हेर आज ॥
यो समस्त विश्व भर्न ।
छन्‌ प्रस्न स्वर्णवर्ण ॥
सूर्य एक कीर्तिदार ।
व्योमनीच ती घधघिराज ॥
सुस्त सुस्त चल्छ यान ।
शलमाधि चल्छ, सार ॥
बढ्छ बल्छ देखिनेछ ।
देषा दिव्य झौैल-पार ॥
(१२)

सुस्त सुस्त चल्छ यान ।
षौलमाथि सुस्त, जान ॥
बुन्छ कल्पना अगाडि ।
दिव्य कान्ति रुक्म तान ॥
'आज आज' भन्छ नाद ।
लिन्छ स्वप्न हैम ताज ॥
फुर्छ रोम, हेम-पड्ख ।
आज जान्छ दिव्य धाम ॥
आज लाल हुन्छ साँझ ।
देव धेर कान्तिमाझ ॥