Jump to content

Page:Ritubichar.pdf/62

From Nepali Proofreaders
Revision as of 18:52, 5 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread

७०
परेछ शीतसम्बन्धी सूर्यलाई पनी पिर ।
नत्र तेसरि सोझिन्थे किन अग्निभयेतिर ?

७१
राम झैं रवि जानाले कोल्टामा मन्द भैकन ।
जानकी पद्मिनी हर्न खडा भो हिमरावण ॥

७२
विहोश भैढलीहाली पद्मिनी विकलाऽऽकृति ।
होशमा किन घुस्रन्थी अर्काका काखमा सती ?

७३
दुष्टले पद्मिनी कान्ता हर्नाले विरहाऽऽतुर ।
दोस्रो रामसरी सूर्य बने मालिन्यमन्दिर ॥

७४
समातेरं धनूराशि रामरूपदिवाकर ।
सीताऽऽपुर हुँदै ज्यादै जाँदैछन् की उँधोतिर ?

७५
एतावता बढ्यो जाडो, थाल्यो त्यो हिम वर्षन ।
बिलायो कमलश्रेणी, पुगे श्रीसूर्य दक्खिन ॥

७६
दुःख दुर्भाग्यको धारो ठण्डीका उग्ररूपमा ।
खनिँदो छ कठै राती लगातार गरीबमा ॥

७७
दुःखीका दुःखको याद भयेदेखी अलीकति ।
दैवले सब उल्टन्थ्यो तत्कालै सृष्टिपद्धति ॥

७८
दुःखी गरीबका लेखा नखदेखी शिखातक ।
चर्चरी चिरने पापी हेमन्तै घोर नारक ॥