Jump to content

Page:Bhikari.pdf/40

From Nepali Proofreaders
Revision as of 19:10, 26 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "{{center|{{larger|'''किसान'''}}}} <poem> १ टाढा कुनातिर कतै रमणीय ठाउँ :::जस्को म जान्दिनँ यही भनि नाउँ गाउँ । झुप्रो छ एक जसमाथि फुलेर आरु ::सौन्दर्य आउँछ बिचित्र, पबित्र चारु ॥ २ बस्छन्‌ त्यहाँ हृदय शुद्...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread
किसान


टाढा कुनातिर कतै रमणीय ठाउँ
जस्को म जान्दिनँ यही भनि नाउँ गाउँ ।
झुप्रो छ एक जसमाथि फुलेर आरु
सौन्दर्य आउँछ बिचित्र, पबित्र चारु ॥


बस्छन्‌ त्यहाँ हृदय शुद्ध जहान चार
सन्तोष काख अति हृष्ट र पुष्ट दार ।
बस्छन्‌ त्यहाँ प्रकृतिका शिशुतुल्य चार
हेरेर भीर भर सुन्दरता अपार ॥


चल्छिन्‌ सहर्ष सरिता परि नागबेली
टाढा छ मर्मर मिठो जल जान्छ खेली ।
बारीभरी छ हरिया, कलिलो पलाई
देखेर छाति भरिने सुख भो मलाई ॥