५२
हात गोडा सबै बाँधी झोक्रिन्छ जगतै सब ।
हुस्सूका माझमा फुस्स हुन्छ कर्तव्यगौरव ॥
५३
दिन हेमन्तका साह्रै खियेका छन् कठैबरी ।
धर्मभीरु, दयापूर्ण निर्लोभी सज्जनैसरी ॥
५४
बारुलाले सरी हर्दम्, ठण्डीले उग्र चिल्दछ ।
भाग्यले औषधीतुल्य पाहार तर मिल्दछ ॥
५५
यद्गदाऽऽकार भै बस्छ दुनियाँ सब घाममा ।
योगारूढ महात्मा झैं दिव्य कैवल्यधाममा ॥
५६
जस्तो पाहारमा प्रेम दुनियाँको छ हालमा ।
उत्तिको प्रेम के होला अन्त यो सृष्टिजालमा ?
५७
पाहाररूप यो दिव्य शीतसंहारसाधन ।
ठूला साना सबैलाई जीवनीको ठुलो धन ॥
५८
लिँदालिंदैमा स्वर्गीय शान्ति पाहारमा बसी ।
खडा हुन्छे कडा काली तत्कालै रात्रिराक्षसी ॥
५९
निस्की कलमुखी रात्रि जहाँ शूर्पणखासरी ।
जानकी पद्मिनीलाई वहाँ बाधा कठैबरी ॥
६०
रामाऽऽत्मा रविले रात्रिराक्षसीको चुरीफुरी ।
पाहारखड्गले हर्दा चल्यो अर्कै कडा हुरी ॥
Page:Ritubichar.pdf/60
Appearance
This page has not been proofread
