This page has not been proofread
६१
त्यो हंसगतिले चल्छ जल निर्मल सुस्तरी ।
लययुक्त महात्माको चित्तको कलनासरी ॥
६२
हंसहंसी दुवै बाँडी मृणाल मुखमा धरी ।
देखाउँछन् बडो राम्रो दाम्पत्यप्रेममाधुरी ॥
६३
धन, धर्म दुवै धान्नै धान्यगौरवले उता ।
खेतमा भरियो भारी भरिलो रमणीयता ॥
६४
जीवनाऽऽनन्दको ज्योति प्रजाको स्वच्छ शीतल ।
बयेली धानमा खेल्छ गर्दै नयनमङ्गल ॥
६५
एकैनास पसायेका अर्धचन्द्रसमानका ।
बाला लहबरी गर्दै झुल्दछन् खूब धानका ॥
६६
झुकेको छ सबै धान्य ठाडो छैन कुनै पनि ।
उपकारी गुणी व्यक्ति यस्तै हुन्छ जहाँ पनि ॥
६७
खेतको मोहिनी शोभा हेरदाहेरदैमहाँ ।
ब्रह्ममा ब्रह्मवेत्ता झैं लीन हुन्छ मनै वहाँ ॥
६८
बदामी रङ्गको राम्रो देखदा खेतको छवि ।
केशरी बागमा पुग्छन् उपमा खोजदै कवि ॥
६९
कृषिको श्रमसाफल्य देखनाले प्रजा सब ।
परमाऽऽनन्द पायेको योगी झैं छ खुशी अब ॥