Jump to content

Page:Bhikari.pdf/34

From Nepali Proofreaders
Revision as of 18:24, 24 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<poem> ४ टाढाबाट जुरेलि कोइलि यहीं आई मिठो गाउँछन् यस्‌मा नीड बनाउँछन् अरु चरा मुल्छन् नबोली कुनै यस्मा आउँछन् दूरदेशहरुको सन्देश क्या सुन्दर हामीभित्र उठेसरी स्वरहरू उत्तेजनाले छु...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread


टाढाबाट जुरेलि कोइलि यहीं आई मिठो गाउँछन्
यस्‌मा नीड बनाउँछन् अरु चरा मुल्छन् नबोली कुनै
यस्मा आउँछन् दूरदेशहरुको सन्देश क्या सुन्दर
हामीभित्र उठेसरी स्वरहरू उत्तेजनाले छुँदा।।


माटोभित्र जरा छ जाल गहिरो प्यूँछन् धराको रस
माथी बढ्दछ, फुल्दछन् फूलहरू, छन् भावझैँ सुन्दर
माटैभित्र जरा छ हामिहरुको फुल्छौं उँचाई लिई
हामीभित्र वसन्तका पवनका खूश्बू र सौन्दर्य छ।


केही रङ्ग उषा र साँझहरुका, केही शशी माधुरी ...
वर्षाको रस, वायुको चपलता, ताराहरूको छवि
केही निर्मल पानिको मृदुलता, न्यानो तथा घामको
मिल्छन्, फुल्छ कला विचित्र फुलमा, मानीसमा भावना।


यस्का पात बिचारमैं बहुल छन्, वैलाउँछन्, आउँछन्
झर्छन्,, फेरि पलाउँछन् तर लिई सादृश्य आकारमा