Jump to content

Page:Ritubichar.pdf/39

From Nepali Proofreaders
Revision as of 18:32, 5 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread

७९
विरहीजलको श्रेणी आँशुले परिपूरित ।
पला पलामा दाँजिन्छ वर्षाको रजनीसित ॥

८०
पखालियो, बग्यो गैगो भलमा पुष्पको रस ।
भयो भ्रमरका निम्ति यो वर्षाकाल नीरस ॥

८१
विधिले फूलको सार कदम्का फूलमा भरी ।
गोलाऽऽकार बनायो कि सबै बग्ला भनी डरी ?

८२
गुणका भारले नम्र गुणीतुल्य अली तल ।
झुके दारीमका हाँगा लागनाले ठुला फल ॥

८३
वनमा विरही बोली बोल्दछन् न्याहुलीचरी ।
चिरिन्छ परदेशीको दुःखी हृदय चर्चरी ॥

८४
मेघको शब्द सुन्नाले प्रेमले दङ्ग भैकन ।
थाले मयूरका भाले नाची नाची कराउन ॥

८५
विरहीजनको छाती बन्चराले सरी चिरी ।
बोल्दछन् मत्त भै तित्रा तित्तिरी, तित्तिरी गरी ॥

८६
मानी त्यो हंसको श्रेणी पुग्यो मानसरोवर ।
अपमान जहाँ हुन्छ वहाँ को वास गर्छ र ?

८७
तामे ढुक्कुरका भाले करायेर घुमी घुमी ।
नाचेका देखदाखेरी मन हुन्छ रिमीझिमी ॥