This page has not been proofread
२५
रसले रसिली पारी तातेकी पृथिवीकन ।
नगीचैमा बसी मेघ लाग्यो भारी मजा लिन ॥
२६
वर्षन्छ जलको धारा मेघबाट जती जती ।
विरही जनको छाती शुकदो छ उती उती ॥
२७
वर्षंदा जलका धारा मानू मानवजातिका ।
स्वर्गसम्म पुर्यायेका तार झैं छन् जुदा जुदा ॥
२८
सारा सागरको खार चालने चलनीसरी ।
घुमदै स्वादिलो पानी मेघ छर्दछ छर्छरी ॥
२९
समानै जल सर्वत्र विवेकी मेघले दियो ।
समदर्शी महात्माको पक्षपात कहाँ थियो ?
३०
हावाको रूपमा चल्छ जहाँ दुर्भाग्यको बल ।
वर्षंदैन उहीं मात्र मेघको जल शीतल ॥
३१
कालो भये पनी केही मेघको बाहिरी द्युति ।
झल्कन्छ चित्तरेखामा भित्र उज्ज्वलता अति ॥
३२
विश्वको दुःख देखेर दयाधारी पयोधर ।
नपग्लेको भयेदेखी के रहन्थ्यो चराऽचर ?
३३
न स्थान, मान चाहन्छ जाति, पाति न गन्दछ ।
जल वर्षाउँदा मेघ मानू ब्रह्मज्ञ बन्दछ ॥