Jump to content

Page:Shakuntala.pdf/244

From Nepali Proofreaders
This page has not been proofread

देखिन्‌ आफ्ना प्रियतम त्यहाँ स्वर्णमा झल्किएका ।
देखे जस्तो निकट हुन गो नाममा नै प्रताप ॥
धेरै हेरे सखिहरु खिसी गर्दछन्‌ भन्छ होंरा ।
बेहोशौमा अधर दुइकी पालुवामा लगाइन्‌ ॥
(४५)

"बिर्सन्छयौ है सखि महलमा जब्गली यो सँगाति ।
औंदी आफ्नो प्रियतम बुझी सुररिंपदी ओठलाई ॥
को हो को हो " सित पिक जसै बागमा कँज्छ आई ।
को हो को हो ? भनिकन तिमी निर्सिनेछौ मलाई ॥ ।
भन्दै हाँसे प्रिय सखि दुवै नेत्रका कोणबाट ।
'त्यस्ती हुँला निठ्र' सरिको झल्कियो क्या रिसानी ॥
देखी भन्छिन्‌ "हठ त नगरे हुन्छ त्यस्तो नि नानी !"
(४६)

'उँ" झ केही मधुर नहुने पक्षको भाव हाली ।
'सारै कस्ती निठुर मनकी' भन्न आँखा उचाली ॥
हैर्दी नाराज मृगनयनी 'लाज मारे' भने झै ।
आफैं लज्जासित तल भकिन्‌ मुस्कराएर सङ्गी ॥
(४७)

"भो भो निर्सिन्ने" यति नभने पुग्छ दुर्भाग्य लाई ।
आँखा चीसासित स्मृति बसी एकली होस्‌ रुलाई ॥
हामी सम्झी वचन यति नै तीन यी शाब्द प्यारा ।
सम्झेकी छन्‌ भनि हृदयमा आश पाउेँ सहारा ॥"
भन्दी राम्री मधुर मुखकी शन्द गर्दी प्रतीक्षा ।
देख्छिन्‌ "त्यस्ती नुझिनु निठ्री हाय मेरौ परीक्षा ॥"
भन्ने भाषा नजर दुइको तीक्ष्ण आक्षेपभित्र |
(४८)

दाढीवाला अ्ृषि धवलतातुल्य ज्ञानै फुलेका ।
आई भन्छन्‌ "सृखसित गए प्रेमका साथ सम्झे ॥
स्वामी माने दुख स्‌घ सबै बीचमा देवता झैं ।
धर्म्मे माने, हृदय रहने घाम जस्तो हरीमा ॥
(४९)