Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/307

From Nepali Proofreaders
Revision as of 12:18, 18 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread

(१५)
राखी आदर्श सीता रघुवर दुइको विश्वकल्याणकारी
भित्री आँखा उघारी कठिन हृदयमा सत्यको चोट पारी
चल्तीका छन्द छामी नियमित कविता लेख्नमा दक्ष नामी
मेधावी भानुभक्त प्रिय कविवरका छौँ ऋणी गैह्र हामी

(१६)
पैले एकै थिए ती कविवर तनहुँ-प्रान्तमा भानुभक्त
ऐले हामी हजारौँ नियति-वश बन्यौँ भक्तिले भानु-भक्त
श्रद्धा राखी मनाऊँ अब सब उनको जन्मको यो जयन्ती
जस्ले त्यो फर्फराए जुगजुग कविता-शक्तिको वैजयन्ती