This page has not been proofread
(८)
विचार चौतिर सल्बलायो ।
कर्तव्यमा त्यो फिर सल्बलायो
प्रपञ्ज विस्तारक चारु वेला
तुरुन्त पायो मुटुभित्र फेला ॥
(९)
त्यस्मा पुर्याएर पुरा विचार
कर्तव्य सच्चा समयाऽऽनुसार
देख्यो र लेख्यो पनि वेद चार
यो ज्ञानका सागर छन् अपार
(१०)
अध्यात्मको अद्भुत शक्तिमाथि
कब्जा गरी तथ्य कुरा समाती
त्यो धीर लोकोत्तर आर्यजाति
थाल्यो क्रिया गर्न अनेक भाँति
(११)
देखाई आदर्श उदारताको
समाजमा त्याग र एकताको
प्रभाव चारैतिर भर्न थाल्यो
छाती कडा पत्थरको पगाल्यो