This page has not been proofread
श्री
श्रीगौरी-शङ्कराभ्यान्नम:
अथ
वसन्त-विचार
१
हिमालमा गयो जाडो लोक साऽऽनन्द देखियो ।
उदायो रसिलो राम्रो ऋतुराज वसन्त यो ॥
२
नामशेष भयो सारा पुरानू शिशिरस्थिति ।
लियो वसन्तले अर्कै नयाँ गौरवपद्धति ॥
३
ऋतु हुन् अरु पाँचोटा, वसन्त ऋतुराज हो ।
लोक गौरवले भर्नु यसैको मुख्य काज हो ॥
४
वसन्तमा समानै छन् ठण्डी गर्मी दुवै गुण ।
तुल्य तुल्य दया दण्ड राजाका हुन् विभूषण ॥
५
देखिन्छ नाऽतिशीतोष्ण महिमा ऋतुराजको ।
दयादण्डज्ञ राजाको नीति झैँ राजकाजको ॥
६
पशुपक्षी लतावृक्षलगायत चराचर ।
ऋतुनायकको गर्छ प्रेमले स्वाऽऽगताऽऽदर ॥