Jump to content

Page:Shakuntala.pdf/245

From Nepali Proofreaders
This page has not been proofread


नारीको हौ धन विनय नै, एक सौन्दर्य खासा ।
आफैं सुम्पी दिनु अरु भनी प्रश्नले हीन आशा ॥
बत्ती बन्न्‌ तिमिर नहुन्‌ छर्नु आनन्द ज्योति ।
दुःखमा नै मधुर मुखकी घेर्यकी दीप नन्न्‌ ॥
(५०)

काँढा हन्छन्‌ कसुमहरुमा एक नारी शयनन ।
सच्चा जौ हो मधुर मुखकी शूलले भै बिहीन ॥
ज्योत्स्ता जती महल घरमा दिव्य बास्ना फिँजेर ।
दुःखैल)ई पनि सुख गरी बस्दछै झन्‌ उ हेर !
(५१)

बोली चाँडै परुषपनले झट्ट फर्काउनाले ।
कंढा निभ्छन्‌ हृदयहरुमा पर्दछन्‌ नित्य उल्का ॥
मीठो राम्रो मृदुल मुखले बान्किलो सत्य बोले ।
क्रोधी निभ्छन्‌ नरमपनले लाज मान्छे रिसानी ॥
(५२)

चर्चा ज्यादा अटपट करामा नगर्नू चिहाई ।
ज्यादा हेर्दा गिरिवर गुफा ग्लानि भो चन्द्रलाई ॥
बारी आफ्नो सुन सुन छरी भावका बीजद्वारा ।
आनन्दैेको धन बढुलिने गेहको ज्ञान सारा ॥
(५३)

नारीकी आनन्दैहो सुख100 हेंसमुख कला सृक्ष्ममा सदा 0२०७३फैलिने जानभै । प्रधान ॥
हाँगा हाली सुखहेरु फुली वल्लरीतुल्य नाता ।
फुल्दै बास्नासँग लहरिने स्वर्गकी छौ विधाता ॥"
(५४)

यस्ता सुन्दा वचन गहिरा नेत्र कद्ये सुनेर ।
"सम्झी राखूँ" सँग श्रवणले तीक्ष्णता-साथ सुन्ध्यो ॥
"पाए ठूलो पद कुशल होस्‌ लाख सेवा मिलेर ।
रानी हो त्रिभुवन सुखी पार्न राम्री बनेर ॥"
भन्दा कही रँग वदनमा छिप्न खोजी प्रकाश ।
पाई उठ्दो कसुमहरुमा झै भयो लात-भास ॥
(५५)